site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद शाहीलाई प्रमको जवाफ– अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नेपाली नागरिकलाई रुसी सेनामा नपठाएको बताएका छन् । तर, जुनसुकै माध्यमबाट युद्ध मैदानमा पुगे पनि उनीहरूलाई फिर्ता ल्याउने पहल जारी रहेको उनले जानकारी गराए । परराष्ट्र मन्त्रालयको बजेटमाथि सांसदले सोधेका प्रश्नको मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले जवाफ दिनुअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले ‘रुसी सेनामा भर्ती भएका नेपाली फिर्ता ल्याउन के पहल भएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनले ‘यो देशमा सरकार र प्रधानमन्त्री पनि छ ?’ भन्ने प्रश्न गरेका थिए ।

Argakhachi Cement Island Ad

जवाफमा उनले आफू प्रधानमन्त्री भएकाले नै युद्ध लडिरहेकासँग राति १२ बजे पनि संवाद गरेको बताए । “प्रश्न सोध्ने माननीयज्यू यहीँ हुनुहुन्छ कि जानुभयो ? नेपालमा प्रधानमन्त्री छ र त्यो पनि अहिले प्रचण्ड भन्ने मान्छे प्रधानमन्त्री छ,” उनले भने, “सरकारले पठाएर रुसी सेनामा गएका हैनन् । जे भए पनि नेपाली नागरिक जानु र युद्धमा मारिनु दुःखद कुरा हो ।”

सरकार जिम्मेवार भएर काम गरिरहेको भन्दै उनले थपे, “म अझ जोड दिएर भन्न चाहन्छु– प्रधानमन्त्री भएकाले राति १२ बजे मोर्चामा भएका लडाइँ लड्दै गरेको फोनमा कुरा गरेको छु । तपाईं कुनै दिन प्रधानमन्त्री हुनुभएछ भने म पनि हेर्न चाहन्छु कसरी काम गर्नुहुन्छ ।”

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्