site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
१५ मिनेट फोन नलाग्ने के भएको थियो टेलिकममा ?

काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा सोमबार (हिजो) अपराह्न साढे ४ बजेतिर समस्या देखियो । टेलिकमको नेटवर्कभित्र फोन नलाग्ने र डाटा नचल्ने समस्या देखिएको थियो ।

एक उपकरणमा गडबडीका कारण त्यस्तो समस्या निम्तिएको नेपाल टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

Argakhachi Cement Island Ad

“क्वालकमको एक उपकरणमा समस्या आउँदा १५ देखि २० मिनेट समस्या आएको थियो, उपकरण पूरै बिग्रिएको पनि थिएन,” उनले बाह्रखरीसित भने, “तुरुन्तै त्यो फेरेपछि २० मिनेटभित्रमै समस्या समाधान भइसकेको थियो ।”

उक्त समयमा डाटा नचल्ने र फोन कल नलाग्ने समस्या देखिएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्