site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण हुँदैन : सांसद सुवेदी
फाइल तस्बिर

काठमाडौं । राष्ट्रियसभा सदस्य झक्कुप्रसाद सुवेदीले पुरानै तरिकाले सत्ता चलाएर भ्रष्टाचार नियन्त्रण गर्न सम्भव नरहेको बताएका छन् । सोमबारको राष्ट्रियसभा बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद सुवेदीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुआत गर्नुपर्ने बताए । 

“भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राज्य सञ्चालनको पुरानो निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुआत गर्नुपर्छ । पुरानै तरिकाले सत्ता चलाएर अब भ्रष्टाचार नियन्त्रण गर्न सम्भव छैन । देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य हो,” सांसद सुवेदीले भने । 

देशलाई समृद्ध र जनतालाई आत्मनिर्भर बनाउनु सरकारको प्रमुख कर्तव्य भएको बताउँदै उनले भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? भन्दै प्रश्न गरे । 

“भ्रष्टाचार गरेर मात्र पैसा कमाउने सोच्नेले कसरी देश, जनताको काम गर्नसक्छ ? चाहे नेता होस्, चाहे कर्मचारी होस् । जसको दिमाग नै पैसा कमाउने,  ब्रह्मलुट गर्नेमा मात्रै हुन्छ ? त्यसले कसरी देशको सेवा गर्नसक्छ ? त्यसले कसरी जनताको सेवा गर्नसक्छ । यो गम्भीर विषय हो,” उनले भने ।
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro