site stats
बाह्रखरी :: Baahrakhari
देश
बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

गुलरिया (बर्दिया) । बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका–३, गणेशपुरका रोहित थारु छन् । 

सोही ठाउँस्थित आफ्नै खेतमा जोतिरहेको समयमा चट्याङ लागेको प्रहरीले जनाएको छ । 

चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । रासस
 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १०:३३
प्रतिक्रिया दिनुहोस्