site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले ऐतिहासिक साततले दरबार पुनर्निर्माणमा चासो दिएन : सांसद केसी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नुवाकोटको ऐतिहासिक महत्त्वको साततले दरबार पुनर्निर्माणमा सरकारले चासो नदिएको बताएका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले सो बताएका हुन् । २०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म सुरू हुन नसकेको भन्दै उनले तत्काल नेपाल सरकारले नै पुनर्निर्माणको काम थाल्नुपर्ने बताए । 

Dabur Nepal
NIC Asia

सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औँल्याए । 

“नुवाकोटको ऐतिहासिक साततले दरबार २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको नौ वर्ष भयो । पुनर्निर्माण हुन नसक्दा खण्डहरको रूपमा परिणत भएको छ । चीन सरकारले बनाई दिने घोषणा त गर्‍यो । तर, आजसम्म त्यसै थिलथिलो रहेको छ । यसबारे पटक–पटक मैले कुरा उठाएँ । तर, कुनै पनि सरकारले पटक्कै ध्यान नदिएकोप्रति खेद व्यक्त गर्दै यसको पुनर्निर्माणमा चीन सरकारसँग तत्कालै वार्ताद्वारा टुंग्याउने वा सरकारले नै युद्धस्तरमा कार्य सुरु गर्ने काम तत्काल गरोस्,” उनले भने ।   
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro