site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा दर्ता सहयोगीको माग सुनियोस्, दोषीलाई कारबाही गरियोस् : सांसद पोखरेल
SkywellSkywell

काठमाडौं । नेकपा (एमाले)का सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमा दर्ता सहयोगीको माग सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले असार ६ गते स्वास्थ्य बिमा बोर्डले उनीहरूलाई प्रहरी बोलाएर डन्डा वर्र्षाएको बताए । “माग सुनियोस् । वार्ता गरियोस् । ६ गते भएको घटनाको दोषीलाई कारबाही गरियोस् । घाइतेका उपचारको व्यवस्था सरकारले गरोस्,” उनले भने । 

Dabur Nepal
NIC Asia

पोखरेलले देशका सबै वडा केन्द्रित सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको बिमा दर्ता गर्ने प्रतिनिधिलाई कुनै तलबको व्यवस्था नगरिएको बताए । “कुनै पनि प्रकारको तलब भत्ता उहाँहरूले पाउनुहुन्न । ऐन, नियमावलीअनुसार बिमा गरेको रकम (जो ३५०१ परिवार) वापतको दश प्रतिशत कमिसन दिइने प्रबन्ध थियो,” उनले भने । 

८५ प्रतिशत महिला दर्ता सहयोगी रहेको सुनाए । उनीहरूले आफ्नो माग राख्न खोज्दा अन्धाधुन्ध डन्डा प्रहार गरिएको भन्दै आपत्ति जनाए । “हामीले यो लोकतन्त्रमा चाहेको योगदान यसैका निम्ति हो ? हामीले बदलेको यसकै लागि हो ? ती व्यक्तिहरूले कहाँबाट न्याय पाउँछ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu