site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन सक्दैन : प्रदीप पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन्छ भन्ने नसोच्न अनुरोध गरेका छन् । साथै, उनले चुरे संरक्षणको आवाज लिएर माइतीघरमा बसेका जनतासँग संवाद गर्न पनि सरकारसँग अनुरोध गरेका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले चुरे संरक्षणमा ध्यान नदिए अबको पाँच÷सात वर्षमा तराईमा सुक्खा लाग्ने र गर्मी अत्यधिक बढ्नेतर्फ सचेत गराए । उनले चुरे संरक्षणको जिम्मा एक व्यक्तिको मात्र विषय नभइ सिंगो सरकारको विषय भएको उल्लेख गरे । “आजभन्दा ५७ दिनअघि सप्तरीको भारदहबाट चुरे संरक्षणको अभियानमा २० दिन हिँडेर काठमाडौं आएका छन् । ३२ दिनदेखि चुरे संरक्षणको आवाज सिंहदरबार छिराउन सकिन्छ भनेर जनता पर्खिएर बसेका छन्,” उनले भने, “आजसम्म कोही पनि सरकारी प्रतिनिधि भेट्न गएको छैन । यो एक नागरिक हैन सरकारले गम्भीर बन्नुपर्ने थियो ।” 

उनले ९ वर्षअघि चुरे संरक्षण समिति बनाएको र १५ अर्ब खर्च भए पनि चुरे संरक्षण हुन नसकेको बताए । “गमलामा विरुवा रोपेर चुरे संरक्षण हुन सक्दैन । संरक्षण गर्ने भए विरुवा रोप्ने सरकार राजनीतिक दलको कार्यकर्ताले इलामदेखि कन्चनपुरसम्म करोडौँ विरुवा रोपे मात्र संरक्षण सम्भव छ,” उनले भने । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले चुरे अतिक्रमणमा परेको, दोहनका कारणले चुरे विनाश भएको स्वीकार गरेको भन्दै किन दोहनलाई टुलुटुलु हेरेर बसेको भन्दै प्रश्न गरे । चुरे संरक्षण गर्न निश्चित कानुनी आधार निर्माण गरेर लागु गर्नुपर्ने उनको माग थियो । “माइतीघर बसेर चुरे संरक्षणको आवाज सुनियोस् । ५१ प्रतिशत जनताको आवाज सरकारले चाँडो सुनोस्,” उनले भने । 

साथै, उनले कर्मचारीको आन्दोलनले सदनको मर्यादा खच्किदो रहेको भन्दै उनीहरूको स्वभाविक माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro