site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पीएचडी उपाधि प्रकरण : भारतीय विश्वविद्यालयलाई ठगी मुद्दा चलाउन शिक्षामन्त्री श्रेष्ठको सिफारिस 
फाइल तस्बिर

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले पैसा लिएर मानार्थ विद्यावारिधि (पीएचडी) उपाधि दिन लागेको भारतीय विश्वविद्यालयलाई ठगी मुद्दा चलाउन सिफारिस गरेकी छिन् ।

मन्त्री श्रेष्ठले भारतको ‘सोक्रेट्स सोसियल रिसर्च युनिभर्सिटी’ नाम गरेको संस्थाले रकम लिइ मानार्थ विद्यावारिधि उपाधि दिन लागेको भन्दै गृह मन्त्रालयमा कारबाही सिफरिस गरेकी हुन् ।  

रकम लिएको भरमा पुरस्कार तथा उपाधि प्रदान गर्नु ठगी भएको भन्दै उनले गृह मन्त्रालयलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरेकी छिन् । सो विश्वविद्यालयले नेपालमा कार्यक्रम गर्नुअघि शिक्षा मन्त्रालयसँग स्वीृकति नलिई तथा कुनै जानकारी नगराई कार्यक्रम गरेकोमा समेत कारबाही गर्न सिफारिस गरिएको छ । 

सोक्रेट्स विश्वविद्यालयले शनिबार पर्यटन बोर्डमा एक कार्यक्रम राखी ५१ हजार नेपाली रुपैयाँ लिएर मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने भन्दै प्रचार गरेको थियो । 

यस्तै, ‘इन्टरनेसनल गौरव अवार्ड’का निम्ति भन्दै २१ हजार नेपाली रुपैयाँ उठाइएको पाइएको थियो । तर शिक्षा मन्त्रालयको ध्यानाकर्षण र निगरानीपछि शनिबारको कार्यक्रम रद्द गरी आयोजक संस्था गुपचुप बसेको थियो । यस्ता विकाउ उपाधि र पुरस्कारको पछि नलाग्न मन्त्री श्रेष्ठले सबैमा अपिल समेत गरेकी छिन् । 
 

प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro