site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति छिट्टै घोषणा हुन्छ : प्रचण्ड
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राष्ट्रिय महाधिवेशन अब छिट्टै हुने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अब छिट्टै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गरिने उल्लेख गरे ।

“मैले आफ्नो ठाउँबाट फेरि, समाजवादी क्रान्तिको निम्ति हामी अब महाधिवेशनतिर जान्छौँ । अबको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले विचार संश्लेषण गरेर अघि बढ्न पनि महाधिवेशनको मिति तोक्न ढिलाइ गर्ने अवस्था नरहेको उनले बताए ।

“नयाँ विचार संश्लेषण गर्छौँ । नयाँ अभियानसहित लैजान्छौँ । र, गणतन्त्रको सुदृढीकरणसहित देशलाई अघि बढाउन यही पार्टीले सक्छ भन्ने विश्वास दिलाएर छाड्छौँ,” उनले भने ।

Global Ime bank

उनले आउँदो महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने जिकिर गरे । त्यसले पार्टीलाई देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिका रूपमा स्थापित गराउने उनको भनाइ थियो ।

नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने भन्दै उनले त्यसका निम्ति अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए ।

प्रधानमन्त्री प्रचण्डले मुलुकलाई समाजवादको बाटोमा अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यकता औँल्याए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय