site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीको महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैन : झलनाथ खनाल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले असार १६ गतेदेखि पार्टीको महाधिवेशन तोकिएको भन्दै त्यसलाई रोक्नसक्ने कुनै पनि शक्ति नेपालमा अहिले नरहेको उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने दावी गरे । पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने उनको भनाइ छ । महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठनको महाधिवेशन बनाउन आग्रह गरे । उनले भने, "नौ दिनपछि हाम्रो १०औँ महाधिवेशन उद्घाटन गर्न गइरहेका छौँ । यसको पूर्वसन्ध्यामा यो फुटबल प्रतियोगिता आयोजना गरेर महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न अभिप्रेरित गर्ने काम खेलकुद महासंघले गरेको छ । हाम्रो कम्युनिष्ट आन्दोलनको इतिहासमा नै अत्यन्त महत्त्वपूर्ण ऐतिहासिक महाधिवेशन हुँदै छ । यसलाई रोक्न, छेक्न सक्ने कुनै शक्ति अहिले नेपालमा छैन । यो सफल हुन्छ नै ।"

सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्त्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu