site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्टको बटमभित्र र क्याप्सुलको धुलो बनाएर नेपाल भित्र्याएका थिए करिब पाँच किलो कोकिन

काठमाडौं । लागुऔषध कोकिनसहित पक्राउ परेका तान्जानियन नागरिक र बोलिभियाका नागरिकले सर्टको फर्ल्स बटमभित्र धुलो बनाएर नेपाल भित्र्याएको खुलेको छ ।

त्योबोहक क्याप्सुल बनाएर निलेर ल्याएको पनि खुलेको हो । कोकिनसहित नेपाल पुगेका चारजनालाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विभिन्न मितिमा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरूमा तान्जानियन नागरिक डोनाल्ड जक्सोन माबुगा, बोलिभियन महिला लारुल क्रज टिकोना र भेनेजुलियन नागरिक सिमोन एटोनियो छन् ।

त्यस्तै, उनीहरूले ल्याएको कोकिन रिसिभ गर्न भारत हुँदै नेपाल पुगेका लालरुस्टाङ्गी छिन् । उनीहरूको साथबाट ब्युरोको टोलीले चार किलो ५०४ ग्राम कोकिन बरामद गरेको हो । पक्राउ परेका चारजनालाई नै ब्युरोको टोलीले बिहीबार सार्वजनिक गरेको छ ।

पक्राउ परेकाहरूले कोकिन ब्राजिलबाट दुवई हुँदै नेपाल ल्याएको खुलेको ब्युरोको प्रमुख एसएसपी दिनेश आचार्यले जानकारी दिए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान जारी छ । पक्राउ परेकाहरु सबै भरियामात्रै रहेको प्रहरीको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro