site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारले ११७ विधेयकलाई अगाडि बढाउन लागेको छ : मन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले ११७ विधेयकलाई संघीय संसद्‌बाट अगाडि बढाउने तयारी गरिरहेको बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री गिरीले सरकारले संघीय संसद्‌मा पेस गर्ने कानुनहरूको प्राथमिकीकरण गरेको जानकारी दिए । सरकारले ६३ विधेयकहरूलाई पहिलो प्राथमिकतामा, ३९ विधेयकहरूलाई दोस्रो प्राथमिकतामा र १५ विधेयकहरूलाई तेस्रो प्राथमिकतामा राखिएको उनले जानकारी दिए । 

“अहिले मन्त्रालयले संघीय संसदमा पेस गर्ने विधेयकहरुको प्राथमिकीकरण गरेका छौँ । प्राथमिकीकरण गर्ने काम पनि कानुन मन्त्रालयको तर्फबाट भइसकेको छ । त्यसमा ६३ वटा विधेयकलाई पहिलो प्राथमिकतामा राखेका छौँ । ३९ वटा विधेयकहरू दोस्रो प्राथमिकतामा परेका छन् । तेस्रोमा १५ वटा विधेयकहरू परेका छन् । यसो गर्दा ११७ वटा विधेयकहरुलाई अब अगाडि बढाउनेगरी आवश्यक कामहरू अगाडि बढिराखेको छ,” मन्त्री गिरीले भने ।

मन्त्री गिरीले नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा संघीय संसद्‌मा दर्ता गर्न लागेको जानकारी दिए । उनले संविधानको प्रावधानभित्र रहेर न्यायाधीशहरू नियुक्त गरिएको भन्दै न्यायाधीश नियुक्तिमा आशंका नगर्न आग्रह गरे । उनले न्याय सम्पादनलाई छिटो, छरितो र पारदर्शी बनाउन अदालतमा केही सुधार गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro