site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउदीमा गर्मीले ज्यान गुमाउने हजयात्रीको संख्या एक हजार नाघ्यो
एएफपीबाट ।

काठमाडौं । साउदी अरेबियास्थित मक्कामा गर्मी कारण ज्यान गुमाउने हजयात्रीको संख्या एक हजार नाघेको छ । बिहीबारसम्म एक हजार ८१ जनाको मृत्यु पुष्टि भएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

एएफपीका अनुसार मृतकमध्ये ६५८ जना इजिप्टका नागरिक हुन् । हजका लागि पुगेका एक हजार ४०० जना अझै बेपत्ता छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, साउदी अरेबियाले मृत्युको संख्याबारे अहिलेसम्म कुनै पुष्टि गरेको छैन । मक्काको तापक्रम १७ जुनमा ५१.८ डिग्री सेल्सियस मापन गरिएको थियो । 

जुन १२ देखि जुन १९ सम्म चलेको हजको क्रममा ७० जना भारतीय नागरिकले पनि ज्यान गुमाएका छन् । एएफपीका अनुसार ज्यान गुमाउनेमा इन्डोनेसिया, जोर्डन, इरान, ट्युनिसियाका नागरिक छन् ।

साउदी अरेबियाका अधिकारीहरूका अनुसार जलवायु परिवर्तनले मक्कामा गहिरो असर देखिएको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

गत वर्ष २४० हजयात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए ।

एएफपीबाट ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro