site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १०.४४ अंकले घट्यो, तीन अर्ब ८७ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर बन्द भएको छ । यस दिन नेप्से ०.५० प्रतिशतले घटेर २०६८.३१ विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने बढेको छ । आज तीन अर्ब ८७ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार भने तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । ५२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.७१ प्रतिशतले वृद्धि भएको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२८ प्रतिशतले घटेको छ । कुथेली बुखरीको सेयर मूल्य यसअघिका दिनमा १० प्रतिशतले बढेको थियो ।

कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro