site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन सम्पन्न
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आसन्न १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आज निर्वाचन सम्पन्न गरेको छ । देशभर एकलाख ४६ हजार ७१४ संगठित सदस्यमध्येबाट एक हजार ४०० प्रतिनिधिका लागि शान्तिपूर्णरूपमा निर्वाचन गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

खुला, महिला र दलित गरी एक हजार ८४९ प्रतिनिधि छनोट गरिने व्यवस्था छ । त्यसमध्ये केन्द्रीय कमिटी ३४६ र केन्द्रीय आयोगबाट १०४ जना प्रतिनिधि स्वतः महाधिवेशन प्रतिनिधिका रूपमा चयन भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यही असार १६ देखि २० गते काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका साथै नयाँ नेतृत्व चयन गर्नेछ । पार्टीले  १२५ संगठित सदस्य बराबर एक प्रतिनिधि छनोट गर्ने जनाएको छ । पार्टीले सबै जिल्ला तथा मातहतका कमिटीलाई सम्बन्धित कार्यक्षेत्र, भूगोल तथा योगदानका आधारमा महाधिवेशन प्रतिनिधि छनोट गर्न आजको समयसीमा निर्धारण गरेको थियो ।

सबै कमिटीले मनोनयन दर्ता, मनोनयन दर्ता भएका उमेदवारको सूची प्रकाशन, मतदाताको नामावली विवरण प्रकाशनलगायत सम्पन्न गरेपछि निर्वाचन गरिएको हो । निर्वाचनको मतपरिणाम भोलिसम्म केन्द्रमा प्राप्त हुने जनाइएको छ । 

Global Ime bank

तत्कालीन नेकपा (एमाले) बाट तीन वर्षअघि विद्रोह गरी गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । 

विसं २००६ मा कोलकातामा स्थापना भएको कम्युनिस्ट पार्टीको राजनीतिक उत्तराधिकारी  मानेको एकीकृत समाजवादी पार्टीले अहिलेसम्म सम्पन्न भएका नौ वटा अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई १०औँ मानेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement