site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा टिकटक फेरि विवादमा, बालबालिकाको गोपनीयता भंगबारे उजुरी

काठमाडौं । अमेरिकाकाको फेडरल ट्रेड कमिसन (एफटीसी)ले टिकटक र उसको सञ्चालक चिनियाँ कम्पनी बाइट डान्समाथि बालबालिकाको गोपनीयता उल्लंघन सम्बन्धी सम्भाव्य विषयमा त्यहाँको न्याय मन्त्रालयमा उजुरी गरेको छ ।

एफटीसी आफैँले गरेको अनुसन्धानमा उक्त कम्पनीले बालबालिकाको गोपनीयता उल्लंघन गरिरहेको वा कानुन उल्लंघन गर्ने अवस्था रहेको जनाएको छ ।
यसबारेमा बीबीसीसँग टिकटकका प्रवक्ताले उक्त निर्णयबाट आफूहरू निराश भएको जनाएका छन् । यसअघि अमेरिकी संसद्ले पास गरेको टिकटक चिनियाँ कम्पनीले बेच्नुपर्ने नत्र अमेरिकामा बन्द गरिने व्यहोराको कानुनभन्दा यो मामिला अलग रहेको जनाइएको छ ।

एफटीसीले यस खालको उजुरी नगर्ने तर यो विषय सार्वजनिक चासोलाई ध्यान दिएर गरिएको समेत जनाएको छ । टिकटकका प्रवक्ताले आरोपलाई अस्वीकार गर्दै एफटीसीको चासो सम्बोधन गर्न आफूले एक वर्षदेखि काम गरिरहेको समेत जनाएका छन् ।

यसअघि अमेरिकामा बनेको कानुनको विरुद्धमा  टिकटकले  अमेरिकी अदालतमा मुद्दा दायर गरे पनि अहिले फेरि अर्को विवादमा परेको हो । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro