काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अन्तर्राष्ट्रिय टर्मिनलको लगेज लिने ठाउँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको हो । उक्त नयाँ एटीएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटीएम संख्या ३८४ पुगेको छ ।
यसैगरी, विमानस्थलकै आन्तरिक टर्मिनलमा रहेको एटीएम सेवालाई सेल्फी लिने स्थानमा स्थानान्तरण गरिएको छ । दुवै टर्मिनलमा रहेका एटीएम मेसिन २४ सै घण्टा सञ्चालनमा रहने छन् ।
ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा शाखा सञ्जाल सञ्चालनम ल्याएको छ ।
हाल बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवम् तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।