बाह्रखरी फोटो
![संघीय संसद्का कर्मचारी आन्दोलनमा (तस्बिरहरू)](https://12khari.top/uploads/posts/Karmachari-andolan-(4)-1718704982.jpg)
काठमाडौं । संघीय संसद्का कर्मचारी ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । कर्मचारी युनियनको अगुवाइमा जेठ २९ गतेदेखि ध्यानाकर्षण गराएर आन्दोलन थालेका कर्मचारीले मंगलबार महासचिवको कार्यकक्ष घेर्दै डेढ घण्टा धर्ना दिएका छन् । कर्मचारीले जेठ ३० र ३१ गते कालोपट्टी बाँधेर काम गरेका थिए ।
असार २ गतेबाट धर्ना थालेका कर्मचारीहरूले मंगलबार डेढ घण्टा धर्ना दिए । कोरोना सुरु भएदेखि नै संघीय संसद्ले अतिरिक्त समय काम गरेबापत दिँदै आएको भत्ता समेत रोकिएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
तस्बिरहरू हेर्नोस्
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्