site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४’ हुने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । ‘क्यानडा नेपाल माउन्टेन फिल्म फेस्टिभल–२०२४’ आयोजना हुने भएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा असार १८ र १९ मा हुने फेस्टिभल नेपाल चलचित्रकर्मी महासंघ कोसी प्रदेशले आयोजना गर्न लागेको हो ।

चलचित्र निर्देशक समाजको प्रस्तुतिमा हुन लागेको फेस्टिभलमा विसं २०७९ र २०८० सालमा निर्माण भएका  चलचित्र, छोटा चलचित्र र बृतचित्रले सहभागिता जनाउन सक्नेछन् । 

हिमाल, पर्यटन र कलासंस्कृतिसँग नजिक रहेका चलचित्र फेस्टिभलको प्रथामिकतामा पर्नेछन् । फेस्टिभलमा सहभागी हुन चाहने चलचित्रले असार ११ गतेभित्र आवेदन दिनुपर्ने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

 
   
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro