site stats
बाह्रखरी :: Baahrakhari
देश
मोरङ र झापामा भारी वर्षा, नदी किनारमा बस्नेलाई सतर्क रहन आग्रह 
फाइल तस्बिर ।

काठमाडौं । मोरङ र झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

बिहानैदेखिको भारी वर्षाका कारण पछिल्लो चार घण्टामा मोरङको लेटाङ, झापाको दमक, कन्काइ र अनारमनी बिरता वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम देखि भारी वर्षा भइरहेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने भएकादे तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

गएरातिदेखि नै गोरखा, धादिङ, नुवाकोट, काठमाडौं, सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ०६:३६
प्रतिक्रिया दिनुहोस्