site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१७ अंकले घट्यो सेयर बजार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १७.०४ अंकले घटेको छ । यस दिन नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ ।

नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २०९५.२५ विन्दुमा बन्द भएको छ । गएको बिहीबारको तुलनामा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिनको तुलनामा एक अर्ब रुपैयाँ कमको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आइतबार पाँच अर्ब ४७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबार ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो कम्पनीको सेयर मूल्य ६० रुपैयाँ १० पैसाले वृद्धि भएर ६६१ रुपैयाँ १० पैसा कायम भएको छ ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

६४ कम्पनीको सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबारमा आएका १३ मध्ये होटेल तथा पर्यटन समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro