site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयताले मुलुकलाई दुर्गतितिर लग्यो : चित्रबहादुर केसी
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले मुलुकलाई दुर्गतितिर लगिरहेको जिकिर गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा उनले यस्तो बताएका हुन् ।

नौ वर्षको व्यावहारिक अनुभवबाट मुलुकको आर्थिक दुर्गति, राजनीतिक अस्थिरता, विखण्डनको कारकतत्त्व संघीयता भएको स्पष्ट हुँदै गएको उनको भनाइ थियो । उनले शासकको प्रवृत्ति एकात्मक हुँदा पनि मुलुकका निम्ति संघीयता पासो बनेको टिप्पणी गरे ।

उनले संघीयताको सुदृढीकरणका निम्ति विश्व बैंकलगायत निकायबाट ऋण लिएर त्यसको भार नेपाली जनतालाई बोकाउने विषय मान्य नहुने बताए ।

अध्यक्ष केसीले संघीयताले मुलुकलाई विखण्डनको बाटोमा लैजाने देखिएको पनि बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १५:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro