site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मधेसमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ : सांसद मैनाली
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले मधेस प्रदेशमा हत्याका घटनाहरू बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मधेस प्रदेशका विभिन्न जिल्लाहरूमा दिनदहाडै हत्याका श्रृंखलाहरू बढ्दै गएको भन्दै सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

भारतबाट खुला सीमाका कारण नेपालमा आएर हत्या गर्ने, सुटरहरू नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गरे । अपराधीलाई अविलम्व नियन्त्रण गरी कानुनको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, "बारा जिल्लामा यो चौथो घटना हो । एक वर्षको अवधिमा गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि आक्रमण भयो । उहाँको हत्या भयो । भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरियो । यो हत्याको श्रृंखला बढ्दै गइरहेको छ । दुर्भाग्यको कुरा सुटर भारतबाट आएर नेपालमा आउने, खुला सीमा, हातहतियारहरुको ओसारपसारले गर्दा मधेस खासगरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन् ।"

Global Ime bank

उनले सीमापारीको प्रशासनसँग समन्वय गरेर प्रशासनले सक्रियता अपनाउन आवश्यक रहेको बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement