site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतमा गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

नयाँ दिल्ली । भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्नको लागि गएका पर्यटक चढेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।  

पर्यटकले भरिएको गाडी रुद्रप्रयागको छेउमा बद्रीनाथ नेसनल हाइवेबाट अनियन्त्रित भएर करिब ३०० मिटर तल बगिरहेको अलकनन्दा नदी किनारमा झरेको थियो ।

रुद्रप्रयाग जिल्लाका आपदा प्रबन्धन अधिकारी नन्दन सिंह रजवारले जनाएअनुसार २६ जना लिएर गुडेको गाडी शनिबार बिहान साढे ११ बजे दुर्घटनाग्रस्त भएको हो । सो घटना रुद्रप्रयागको मुख्यालयबाट करिब सात किमी टाढा रैतोली ठाउँमा भएको थियो । सो गाडी शुक्रबार राति १० बजे नयाँ दिल्लीबाट चोपताका लागि निस्केको थियो । गम्भीर घाइते भएकाहरूलाई एयर लिफ्ट गरिएको उनले बताएका छन् ।

मुख्यमन्त्री पुष्करसिंह धामीले घाइतेको बारेमा अस्पतालमा गएर जानकारी लिएका थिए । उनले गम्भीर घाइतेलाई ४० हजार तथा सामान्य घाइतेलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । बीबीसी 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro