site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालीहरु भारतभन्दा खाडीमा बढी ! लामो समय विदेशमै बिताउन किन चाहन्छन् ?
SkywellSkywell

काठमाडौं । अध्ययनले नेपालबाट विदेश जानेहरुमध्ये सबैभन्दा बढीको देश छोड्नुको कारण ‘तलब ज्याला/नोकरी’ देखाएको छ । 

देशमा लामो समयदेखि अनुपस्थित रहेका (विदेश गएका) २१ लाख ९० हजार ५९२ जनामध्ये ६६.२ प्रतिशत नेपालीहरु ‘तलब ज्याला/नोकरी’ को लागि विदेश जाने गरेको पाइएको हो । यो भनेको १४ लाख ५० हजार ५३८ जना हो । 

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ः प्रदेशस्तरीय जनसाङ्ख्यिक प्रतिवेदन’मा सबैभन्दा ठूलो संख्यामा नेपाली ‘तलब ज्याला/नोकरी’को विदेश जाने गरेको देखाइएको छ । 

KFC Island Ad
NIC Asia

लामो समय विदेशमा बस्न जानुको दोस्रो ठूलो कारण हो– कामको खोजी । 

“दोस्रो कारणमा कामको खोजी रहेको छ जुन ११.१ प्रतिशत छ,” प्रतिवेदनमा भनिएको छ । अर्थात् २ लाख ४२ हजार ३८४ जना नेपाली कामको खोजी गर्न विदेशमा रहेका छन् । 

Royal Enfield Island Ad

यसैगरी आश्रितको रूपमा पनि ठुलै सङ्ख्यामा नेपाली विदेश गएको देखिन्छ । लामो सयमको लागि विदेश गएकामध्ये २ लाख २७ हजार ७२ जना (१०.४ प्रतिशत) आश्रितको रुपमा जानेहरु छन् । 

त्यस्तै कुलमध्ये अध्ययन तालिमको लागि विदेश जाने नेपालीको संख्या २ लाख ९ हजार ३७७ जना (९.६ प्रतिशत) रहेको छ । 

प्रतिवेदन अनुसार १३ हजार १२६ जना (०.६ प्रतिशत) व्यापार÷व्यवसाय गर्न, २३ हजार ९९४ जना (१.१ प्रतिशत अन्य) कारण विदेश गएका छन् । लामो समयदेखि विदेशमा रहेका २४ हजार १०१ जना (१.१ प्रतिशत)को भने कारण खुलेको छैन ।  

विदेश जाने कारणमा पुरूष सबैभन्दा बढी ७१.९ प्रतिशत र महिला ३९.८ प्रतिशत ‘तलब ज्याला/नोकरी’को लागि विदेश गएको देखिन्छ । 

प्रदेशगत रूपमा पनि धेरै जसो विदेश गएको कारणमा तलब ज्याला/नोकरी नै रहेको छ । 

जसमा कोशीबाट ७६ प्रतिशत, मधेस प्रदेशबाट ७६.९ प्रतिशत, वाग्मती प्रदेशबाट ५२.७ प्रतिशत, गण्डकी प्रदेशबाट ६८.० प्रतिशत, लुम्बिनी प्रदेशबाट ७०.२ प्रतिशत, कर्णालीबाट ५३.७ तथा सुदूरपश्चिम प्रदेशबाट ५९.८ व्यक्तिहरू विदेश गएको कारण तलब ज्याला/नोकरी रहेको छ । 

कति नेपाली छन विदेशमा ? 

राष्ट्रिय जनगणना, २०७८ अनुसार परिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्ने) जनसङ्ख्या देशका १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना छ । 

विदेशमा अक्सर बसोबास गर्नेमा पुरूष १७ लाख ९९ हजार ६७५ (८२.२ प्रतिशत) र महिला ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) छन् ।  २०६८ को जनगणनामा देशका १३ लाख ७८ हजार ६७८ परिवारबाट १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेश गएको देखिएको थियो । 

यसमा पुरूष १६ लाख ८४ हजार २९ (८७.६ प्रतिशत) र महिला २ लाख ३७ हजार ४०० (१२.४ प्रतिशत) थिए ।

कुन प्रदेशका बढी छन् ? 

प्रदेशगत आधारमा हेर्दा विदेशमा लामो समयदेखि बस्नेमा सबैभन्दा बढी लुम्बिनी प्रदेशका छन् । लुम्बिनी प्रदेशका ४ लाख २० हजार ९०६ जना (१९.२ प्रतिशत) लामो समयदेखि विदेशमा छन् ।  विदेशमा अक्सर बसोबास गर्नेमा सबैभन्दा कम कर्णाली प्रदेशबाट ९४ हजार ३२० जना (४.३ प्रतिशत) छन् । 

यसैगरी, कोशी प्रदेशबाट ३ लाख ४३ हजार ३४ जना (१५.७ प्रतिशत), मधेस प्रदेशबाट ३ लाख ४ हजार २८६ जना (१३.९ प्रतिशत), बागमती प्रदेशबाट ३ लाख ९७ हजार ९३० जना (१८.२ प्रतिशत), गण्डकी प्रदेशबाट २ लाख ८६ हजार ५९३ जना (१३.१ प्रतिशत) र सुदूरपश्चिम प्रदेशबाट ३ लाख ४३ हजार ५२३ जना (१५.७ प्रतिशत) व्यक्तिहरू विदेश गएको देखिन्छ । 

प्रदेशगत रुपमा विदेश गएका कुल महिलामध्ये सबैभन्दा बढी बागमती प्रदेशबाट ६४ हजार ८९ जना (३०.१ प्रतिशत) र सबैभन्दा कम मधेस प्रदेशबाट ६ हजार १७८ जना (३.० प्रतिशत) रहेको छ । 

विदेश बस्ने कुन उमेर समूहका छन् बढी ? 

लामो समयको विदेशमा जाने वा विदेश बस्ने नेपालीमा सबैभन्दा बढी २० देखि २४ वर्ष उमेर समूहका छन् ।  प्रतिवेदन अनुसार कुल विदेशमा रहेकामध्ये ६ लाख ५५ हजार ७१६ जना (२९.९) प्रतिशत यस उमेर समूहका रहेका छन् । 

विदेशमा अक्सर बसोबास गर्ने दोस्रो ठूलो संख्या २५ देखि २९ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका ४ लाख २६ हजार ९२५ जना (१९.५ प्रतिशत) छन् । 

विदेशमा लामो समय बस्ने नेपालीमा १५ देखि १९ वर्ष समूहका ३ लाख १९ हजार ५९६ जना (१४.६ प्रतिशत), ३० देखि ३४ वर्ष समूहका २ लाख ५९ हजार १७८ जना (११.८ प्रतिशत), ३५ देखि ३९ वर्षका १ लाख ६७ हजार ३२५ जना (७.७ प्रतिशत), ४० देखि ४४ वर्ष समूहका ८६ हजार ५९३ जना (४ प्रतिशत) र १० देखि ५ वर्षका ७० हजार ९५८ जना (३.२ प्रतिशत) छन् । 

लामो समयदेखि विदेशमा बस्दै आएका नेपालीमा ५ देखि वर्षका १.६ प्रतिशत, १० देखि १४ वर्षका २.७ प्रतिशत, ४५ देखि ४९ वर्षका १.८ प्रतिशत, ५० देखि ५४ वर्षका ०.९ प्रतिशत, ५५ देखि ५९ वर्षका ०.४ प्रतिशत, ६० देखि ६४ वर्षका ०.२ प्रतिशत र ६५ वर्षभन्दा माथिका ०.२ प्रतिशत छन् । 

नेपाली कति वर्षदेखि छन् विदेशमा ? 

कुल विदेशमा रहेका २१ लाख ९० हजार ५९२ जना नेपालीमध्ये सबैभन्दा बढी ७ लाख १ हजार २ जना (३२ प्रतिशत) विदेश बस्न थालेको एक–दुई वर्ष भएको छ । यस्तै, ६ लाख २ हजार ९६४ जना (२७.५ प्रतिशत) नेपाली विदेश गएको तीनदेखि पाँच वर्ष भएको छ । 

यसैगरी २ लाख ४० हजार ७०४ जना (११ प्रतिशत) नेपाली विदेश गएको एक वर्ष पनि पुगेको छैन ।  २ लाख ६३ हजार ५०७ जना (१२ प्रतिशत) विदेश गएको तीन देखि नौ वर्ष भएको छ ।  प्रतिवेदन अनुसार विदेश गएको १० देखि २४ वर्ष पुगेको नेपाली ३ लाख ४ हजार ८११ जना (१३.९ प्रतिशत) छन् । 

विदेश गएको २५ देखि ४९ वर्ष पुगेका नेपालको संख्या ४३ हजार २८ जना (२ प्रतिशत) छन् ।  विदेश गएको ५० वा सोभन्दा बढी भएका नेपाली ३ हजार २५७ जना (०.१ प्रतिशत) छन् । 

३१ हजार ३१९ जना नेपाली विदेश गएको अवधि कति भयो भन्ने खुलेको छैन ।  पुरूषहरूमा सबैभन्दा बढी ३२.४ प्रतिशत व्यक्तिहरू विदेश भएको १ देखि २ वर्ष भएको छ भने दोस्रोमा २६.८ प्रतिशत व्यक्तिहरू गएको ३ गएको ५ वर्ष भएको छ । 
यसैगरी महिलाहरूमा सबैभन्दा बढी ३१.१ प्रतिशत व्यक्तिहरू विदेश भएको ३ देखि ५ वर्ष भएको छ भने दोस्रोमा ३०.४ प्रतिशत व्यक्तिहरू गएको १ देखि २ वर्ष भएको छ । प्रदेशगत रूपमा पनि धेरै जसो विदेश गएको बढीमा ५ वर्ष भएको देखिन्छ । 

जसमा कोशी प्रदेशबाट ३२.६ प्रतिशत व्यक्तिहरू विदेश गएको ३ देखि ५ वर्ष भएको छ ।  मधेस प्रदेशबाट ३६.८ प्रतिशत व्यक्तिहरू विदेश गएको १ देखि २ वर्ष भएको छ । वाग्मती प्रदेशबाट ३२.१ प्रतिशत व्यक्तिहरू विदेश गएको ३ देखि ५ वर्ष भएको छ । 

सबैभन्दा बढी कुन देश जान्छन् ? 

नेपालीहरु सबैभन्दा ठूलो संख्यामा खाडी राष्ट्र गएको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि भारत तथा दक्षिणपूर्वी एसिया अन्तर्गतका देशमा गएको देखिन्छ । 

कुल विदेशमा लामो समयदेखि रहेकामध्ये खाडी राष्ट्रमा ८ लाख ४ हजार ६१४ (३६.७ प्रतिशत), भारतमा ७ लाख ४४ हजार ८५५ जना (३४ प्रतिशत) र दक्षिणपूर्वी एसियाली राष्ट्रमा १ लाख ९८ हजार ५४५ जना (९.१ प्रतिशत) छन् । 

प्रतिवेदन अनुसार भारत बाहेकका अन्य सार्क सदस्य राष्ट्रमा ६ हजार ४७६ जना (०.३ प्रतिशत), अन्य एसियाली राष्ट्रमा १ लाख २५ हजार ३१० जना (५.७ प्रतिशत), युरोपेली राष्ट्रमा १ लाख ११ हजार ९९७ जना (५.२ प्रतिशत), उत्तर अमेरिकी राष्ट्रमा ८८ हजार ४८८ जना (४ प्रतिशत), दक्षिण अमेरिकी राष्ट्रमा ८१० जना, अफ्रिकी राष्ट्रमा ५ हजार ५०३ जना  (०.३ प्रतिशत) र प्यासिफिकमा ९४ हजार ५३३ जना (४.३ प्रतिशत) नेपाली लामो समयदेखि बस्दै आएका छन् । 

प्रदेशगत विवरण हेर्दा कोशी, मधेस, वाग्मती तथा गण्डकी प्रदेशबाट सबैभन्दा बढी मध्यपूर्वी देश गएको देखिन्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी भारत गएको देखिन्छ ।

कति पढेर विदेश जान्छन् ? 

विदेश गएकामध्ये सबैभन्दा ठूलो संख्यामा नेपाली माध्यामिक तह (कक्षा ९–१०) पास गरेको पाइएको छ ।  अर्थात् माध्यमिक तह पास गरेपछि विदेश जाने नेपाली सबैभन्दा बढी छन् ।  अक्सर विदेशमा रहेका नेपालीमध्ये ४ लाख ११ हजार १५४ जना (१९.४ प्रतिशत) नेपाली विदेश जाँदा मात्र माध्यमिक तह पास गरेका छन् । 

प्रतिवेदन अनुसार पूर्वप्राथमिक तह पास गरेर ८० हजार ५६० जना (३.८ प्रतिशत), प्राथमिक तह पास गरेर ३ लाख ८४ हजार ८७२ जना (१८.२ प्रतिशत), निम्न माध्यमिक तह पास गरेर ४ लाख ८ हजार ३६२ जना (१९.३ प्रतिशत), एसएलसी वा सो सरह पास गरेर १ लाख ७९ हजार २४९ जना (८.५ प्रतिशत) नेपाली विदेश गएका छन् । 

प्रतिवेदनमा प्रमाणपत्र तह वा सो सरह पास गरेर ३ लाख ६० हजार ४३१ जना (१७ प्रतिशत), स्नातक तह वा सो सरह पास गरेर १ लाख १२ हजार ६७० जना (५.३ प्रतिशत), स्नातकोत्तर तह वा सो सरह पास गरेर ४० हजार ३१ जना (१.९ प्रतिशत) विदेश गएको उल्लेख छ । 

कुल विदेश जाने पुरूषमध्ये सबैभन्दा बढी २०.८ प्रतिशत माध्यमिक तह उत्तीर्ण गरेर र महिला सबैभन्दा बढी २४ प्रतिशत प्रमाणपत्र तह उत्तीर्ण गरेर विदेश गएको देखिन्छ । 

दोस्रोमा पुरूष २०.७ प्रतिशत निम्न माध्यमिक र महिला १५.७ प्रतिशत प्राथमिक तह उत्तीर्ण गरेर विदेश गएको देखिएको छ । 

प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी प्राथमिक तह (२३.८ प्रतिशत) अध्ययन गरेर विदेश जानेको सङ्ख्या बढी छ भने वाग्मतीमा (३२.९ प्रतिशत) तथा गण्डकी प्रदेशमा (२३.७ प्रतिशत) प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरेर विदेश जानेको सङ्ख्या बढी देखिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro