site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपाले चुनाव जित्ने सम्भावना देशैभर छ : लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरूका निम्ति अहिले सहज अवस्था सिर्जना हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा उनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको उल्लेख गरे । सोही कारण आफ्नो पार्टीलाई सहज अवस्था सिर्जना हुँदै गएको उनले जिकिर गरे ।

उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यहीअनुसार तयारी गरी जनताको मत जित्नुपर्नेमा जोड दिए । त्यसो गर्न सके निर्वाचन जित्न कुनै कठिनाइ नहुने उनको भनाइ थियो ।

निर्वाचनका क्रममा जुम्लामा सहकार्यका निम्ति नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्दा अस्वीकार गरेको स्थानमा राप्रपाले एक्लै जितेको उनले स्मरण गरे । सही उमेदवार उठाइए जनताले विश्वास गर्ने र चुनाव जित्ने सम्भावना देशैभर रहेको उनले जिकिर गरे ।

उनले राप्रपाकै नेताहरूले पार्टीविरुद्ध भ्रम छर्ने, विवाद ल्याउने काम गरेकोे बताए । कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

जनताको आशा र भरोसाको एक मात्र पार्टी राप्रपा भएको उनले बताए । पार्टीलाई बलियो बनाउन भूमिका खेल्न उनले नेता–कार्यकर्तालाई निर्देशन दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro