site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सरकारको कामप्रति ओलीको असन्तुष्टि– स्वार्थका थैला भर्नतिर लाग्दैनौँ
तस्बिर : केपी ओलीको सचिवालय ।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । संघीय संसद् भवनस्थित ल्होत्से हलमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।

एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको उनले जिकिर गरे । तर, विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको उनले बताए । एकदुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, बजेट विनियोजन कस्तो छ भन्ने विषयको समीक्षा गर्न जरुरी रहेकामा उनले जोड दिए । उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न निर्देशन दिए ।

ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्र स्थितिमा परिवर्तन ल्याउन सकिने उनले बताए । उनले एमाले प्रतिक्रियावादी शक्तिजसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैला बोकेर हिँड्ने पार्टी नभएको उल्लेख गरे ।

Global Ime bank

स्वार्थका थैला भर्न अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिका अवलम्बन गर्ने काममा एमाले नलाग्ने उनले बताए । उनले प्रतिक्रियावादीले एमालेविरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनीय कुरा ‘आविष्कार’ गरी समाजमा भ्रम पैदा गरिरहेको आरोप लगाए ।

संसदीय दलको बैठकमा ओलीले व्यक्त गरेको भनाइ पढ्नोस्–
बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एकदुईजनाको मुख हेरेर हामी सरकारमा छौँ भनेर गरिबीतिर गए पनि के भयो र हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेका मन्त्रालयहरूको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यी सबै विषयमा साथीहरूले खुलेर छलफल गर्नुस् । बाहिर बजारमा फिँजाउने कुरा होइन । बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै, फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठिक ठाउँको छलफल, ठिक ठाउँको सुझाव, ठिक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ । त्यसकारण हामी प्रतिक्रियावादी शक्तिहरूजस्तो विचार शून्य, नीति शून्य, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर ती स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने त्यस्ता खालका भ्रमका तुवाँलाहरू फैलाउने क्रमका विपरीत क्रियाकलापहरूमा हामी लाग्दैन । फेरि, हामीले खण्डनमण्डन त गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीका विरुद्ध उनीहरूको हमला अत्यन्त तीव्र छ । नयाँ कुरा दिनैपिच्छे, अकल्पनीय कुराहरू उनीहरूले आविष्कार गरेर बजारमा फैलाउँछन् । न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय