site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड खेलोफड्को गर्ने, नयाँ राजनीतिक दल चटकी : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री प्रचण्डलाई आफू प्रधानमन्त्री किन बनेको भन्ने नै थाहा नभएको बताएका हुन् । प्रधानमन्त्री केका निम्ति र के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उनको भनाइ थियो ।

“...उहाँ (प्रचण्ड)लाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,” उनले भने, “केको लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले देशको अर्थतन्त्रको अवस्था बेहाल भएको बताए । अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको उनले उल्लेख गरे ।

विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यति बेला पनि प्रधानमन्त्रीले कांग्रेसलाई दोष लगाएको बताए । उनले प्रधानमन्त्री प्रचण्डले जसरी पनि प्रधानमन्त्री मात्र बन्ने खेलोफड्को गरिरहेको आरोप लगाए ।

Global Ime bank

“...खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आए पनि बन्ने, उता आए पनि बन्ने । बनिराख्ने भन्ने छ,” उनले भने ।

महामन्त्री थापाले नेकपा (एमाले)ले बजेटको स्वामित्व नलिएको बताए । उनले एमाले सरकारमा बसिरहने उल्लेख गरे । तर, आफ्नो सरकार भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी एमाले अगाडि बढेको उनले टिप्पणी गरे ।

महामन्त्री थापाले नयाँ राजनीतिक दलहरूले लोकरिझ्याइँबाहेक केही नगर्ने बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरू जिम्मेवारीअनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्र लागेको आरोप लगाए । उनीहरूले समस्याको समाधान गर्नेभन्दा पनि चटक गरिरहेका उनले टिप्पणी गरे ।

कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा गगन थापाको सम्बोधन पढ्नोस्–
अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो, सकियो, खत्तम भयो, नेता चोर, पार्टी चोर भयो, भोलि पनि बन्दैन, पर्सि पनि बन्दैन भन्ने कुरा केले लिएर आउँछ भने अर्थतन्त्रको हिसाबकिताब बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ । सरकार मूलतः एमाले र माओवादी पार्टीहरूको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन । केको लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आए पनि बन्ने, उता आए पनि बन्ने । बनिराख्ने भन्ने छ । त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिगँ्रदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन । किनभने, योभन्दा एक वर्षअगाडि उहाँकै प्रधानमन्त्रीत्वमा हामी सरकारमा थियौँ । त्यो बेलामा पनि राम्रो भएन । तर, त्यो राम्रो नभएको हिसाबकिताब उहाँले के गर्नुभयो ? उहाँले जिम्मा लगाइदिनुभयो, कांग्रेसको मानिसहरू थिए, मैले काम गर्न सकिनँ भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन । नेकपा (एमाले) त सरकारमा छ, छैन ? सरकारमा छ पनि । छैन पनि । सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ । हेर्दाखेरि मात्रै जुनियर मन्त्रीहरू पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्ने पनि, तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त, बजेटमा कसरी पन्छिएको । सरकार आफ्नो छ, यो बजेट माओवादीको जस्तो देखियो, यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ । बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनु हुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुईतीन वर्षको राजनीतिमा नेकपा (एमाले) सरकारमा रहिरहन चाहन्छ । सबै खेलोफड्को उसले पनि गर्छ । तर, जिम्मा लिँदैन । नयाँ राजनीतिक दलहरूको प्रवृत्ति लोकरिझ्याइँबाहेक अरू केही पनि छैन । कसरी हुन्छ, के गर्ने, जे गर्दाखेरि सामाजिक सञ्जालमा साँझ दुईवटा मान्छेले गर्ने लाइक बढ्छ, बिहान उठेपछि सोच्ने, के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन । आज मैले के बोल्ने होला ? आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला ? त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चारजना बढीले टिकटिकमा हेर्छन् । जिम्मा लिएको छ, जिम्मेवारीमा बसेको छ । उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरू भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने । समस्याको समाधान गर्ने होइन, खालि मानिसहरूको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसहरूको दृष्टिकोण निर्माण गर्ने प्रयास गर्ने । जिम्मा लिने भएन । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १, २०८१  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय