site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काठमाडौंको गौचरण र चाबहिलमा विश्वकप क्रिकेटको लाइभ हेर्न पाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौचरण र चाबहिलमा विश्वकप क्रिकेटको लाइभ गर्ने भएको छ । काठमाडौं महानगरपालिका–५, हाँडीगाउँको सानो गौचरण र वडा नं ७ चाबहिलको गणेशस्थान फुटबल मैदानबाट प्रत्यक्ष प्रदर्शन हुने जनाएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत शनिबार बिहान नेपाल र दक्षिण अफ्रिकाबीचको खेल हुँदै छ । खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ ।

सबै खेलप्रेमी दर्शकलाई एउटै ठाउँमा ल्याएर उत्साहजनक वातावरणमा खेल हेर्न ठूला एलईडी स्क्रिनमा खेलको लाइभ गर्न लागिएको महानगरले जनाएको छ ।

यसअघि भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेल टुँडिखेल, हाँडीगाउँ डबली र तीनकुनेमा लाइभ गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro