site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
लुम्बिनी र वाग्मती चेस च्याम्पियन

काठमाडौं । यू–१५ विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको बुद्धिचाल (चेस)अन्तर्गत खुलामा लुम्बिनी तथा छात्रामा वाग्मती प्रदेश च्याम्पियन भएको छ । 

खुलातर्फ लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जितसहित १४ अंक जोडेको हो । वाग्मती ११ अंकसहित दोस्रो तथा सुदूरपश्चिम ९ अंकसहित तेस्रो भएको हो । लुम्बिनीको टोलीमा किरण भण्डारी, टोपलाल अधिकारी, सुशान्त अर्याल र आरुष नाग थिए । 

यसैगरी छात्रातर्फ वाग्मती प्रदेशले सतप्रतिशत जितसहित पहिलो स्थान हात पारेको छ । वाग्मतीको जितमा रिया श्रेष्ठको प्रेरणादायी प्रदर्शन भएको थियो । 

यसै महिना सम्पन्न नवौँ राष्ट्रिय महिला च्याम्पियनसिपमा पाँचौँ स्थान हात पारेकी रियाले यस प्रतियोगितामा सतप्रतिशत स्कोर गरेकी हुन् । लुम्बिनीले चौथो चरणमा वाग्मतीसँग १–३ ले पराजित हुनुबाहेक अन्य खेलमा हार सहन परेको थिएन । 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro