site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
पब्जी मोबाइल सुपर लिगको आधिकारिक फोन इन्फिनिक्स जीटी २० प्रो नेपालमा लन्च हुने

काठमाडौं । इन्फिनिक्सले हालै विश्वव्यापी रूपमा इन्फिनिक्स जीटी २० प्रो लन्च गरेको छ । यो फोन नेपालमा पनि लन्च गरिने बताइएको छ । यसलाई दक्षिण एसिया क्षेत्रहरूमा प्रतिष्ठित पब्जी मोबाइल सुपर लिग (पीएमएसएल)को लागि आधिकारिक गेमिङ फोनको रूपमा लिइन्छ । पब्जीको लाइभ प्रतियोगिता मे २२ देखि जुन १५ सम्म काठमाडौंमा हुने पनि बताइएको छ ।

इन्फिनिक्सको उत्पादन प्रमुख वेइगी नाइलेले पीएमएसएल, ईएमईए र सीएसएको हालको सिजनले विश्वव्यापी गेमरहरूको ध्यान खिचेको बताए । इन्फिनिसक्स जीटी २० प्रोको असाधारण प्रदर्शनले खेलाडीहरूलाई नयाँ उचाइमा पुर्‍याएको पनि उनको भनाइ छ । यो पब्जी मोबाइललाई समर्थन गर्ने विश्वभरका स्मार्टफोनहरूमध्ये एक भएको पनि नाइलेले बताए । यी मोबाइलले गेमरहरूलाई असाधारण र इमर्सिभ मोबाइल गेमिङ अनुभव प्रदान गर्ने उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पेसेवर गेमिङका लागि डिजाइन गरिएको, इन्फिनिक्स जीटी २० प्रोले बेजेल–लेस १४४हर्ज एफएचडी प्लस एमोएलईडी डिस्प्ले र जेबीएलद्वारा ध्वनिसहितको डूअल स्पिकरहरू प्रदान गरेको छ । जसले गेमरहरूलाई इमर्सिभ अडियोभिजुअल अनुभव प्रदान गर्दछ । 

क्लिन एन्ड प्युर ओएस २.० सँग फोनले अनावश्यक सफ्टवेयरबाट मुक्त, निर्वाध गेमिङ वातावरण प्रदान गर्दछ । यसले हाइपर चार्ज मोड, ५००० एमएएच ब्याट्री र ४५ वाट फास्ट चार्जिङद्वारा समर्थित गर्छ । 

Global Ime bank

इन्फिनिक्स १० प्रोबाट सुरु भएको र इन्फिनिक्स जीटी २० प्रोमार्फत विकसित हुँदै दैनिक जीवनमा गेमिङको शक्तिलाई एकीकृत गर्ने दृष्टिकोणबाट ईस्पोर्ट्समा इन्फिनिक्सको ध्यान केन्द्रित भएको बताइएको छ ।

इन्फिनिक्स जीटी २० प्रो अब विश्व र उदीयमान बजारमा उपलब्ध छ । जुन मेका ब्लू, मेचा ओरेन्ज र मेचा सिल्भर जस्ता मनमोहक रंगका छन् । १२ प्लस २५६ जीबी र ८ प्लस २५६ जीबी मेमोरी भएका मोबाइल रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १९:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement