site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीय संसद्का कर्मचारीले थाले आन्दोलन, कालोपट्टी बाँधेर काम गर्दै 

काठमाडौं । संघीय संसद्का कर्मचारीहरूले आन्दोलन थालेका छन् । संघीय संसद् कर्मचारी युनियनको अगुवाइमा यही जेठ २९ गतेदेखि ध्यानाकर्षण गराएर आन्दोलन थालेका कर्मचारीले बिहीबारदेखि कालोपट्टी बाँधेर काम थालेका हुन् । 

उनीहरूले जेठ महिनाको अन्तिम दिनसम्म कालोपट्टी बाँधेर काम गर्ने र माग सम्बोधन नभए असार २ गते नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यसूची बनाएका छन् । संघीय संसद् कर्मचारी युनियनका अध्यक्ष गोविन्द बेलबासेले कोरोना अवधिदेखि नै तलब भत्ता वृद्धि नभएको भन्दै अतिरिक्त कामको मात्र भत्ता मागेको बताए ।

“कोरोनापछि कुनै पनि सेवा सुविधा नदिइकन काम गरिरहेका छौँ । बिहान ८ बजे नै समितिका बैठक हुन्छन्, साँझ ८ बजेसम्म सदनका बैठक चल्छन् । हामीले यसवापत कुनै सेवा सुविधा पाएका छैनौँ,” अध्यक्ष बेलबासेले बाह्रखरीसँग भने, “हामीले देशलाई अप्ठेरो परेका बेला तलब बढाउनु भनेका छैनौँ । तर, अतिरिक्त काम गरेवापतको सुविधा मात्र मागेका छौँ ।” 

उनले गत वर्ष वैशाख १३ मै माग पत्र बुझाएको र महासचिवले निर्णय गरेर सिफारिस पनि गरिसकेको जानकारी दिए । महासचिवको सिफारिस अनुरुप सभामुख नेतृत्वको संघीय संसद् सचिवालय व्यवस्थापन समितिले समेत निर्णय गरेको तर त्यो लागु भने हुन नसकेका कारण आन्दोलन गर्नु परेको बताए । “महासचिवले निर्णय गरेर पठाउनुभयो, त्यो सुनुवाइ भएन । व्यवस्थापन समितिले निर्णय गरेर रायका लागि अर्थ मन्त्रालय पठाएकोमा सुनुवाइ भएन भन्ने छ,” अध्यक्ष बेलबासेले भने, “हामी त संघीय संसद् सचिवालय व्यवस्थापन समितिलाई चिन्छौँ, हाम्रा माग सम्बोधन गर्ने उसैले हो ।” 

कर्मचारीहरूको माग पत्रमा आईएलओ महासन्धिको दफा ३० को उपदफा ३ अनुसार अतिरिक्त कामका लागि अतिरिक्त सुविधा, श्रेणीविहीन कर्मचारी तथा हलुका सवारी चालकहरूलाई छैटौँ तह कायम गरी सुविधा दिन, बैठक सञ्चालक कार्यविधिलाई समयानुकूल बनाउनसहितका ११ बुँदे माग सभामुखलाई बुझाएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro