site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिरहा प्रहरी कार्यालयभित्रै एक महिला प्रहरी मृत अवस्थामा फेला

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् । प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएको मधेस प्रदेश प्रहरीका एसएसपी मनोज यादवले जानकारी दिए ।

सुनार कार्यालयकै महिला शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । अहिले कार्यालयभित्र अन्यलाई प्रवेशमा रोक लगाइएको छ ।

मृत प्रहरी जवानका आफन्तलाई खबर गरिएको र उनका परिवार आएपछि शव निकाल्ने एसएसपी यादवले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १७:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro