site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लगानीकर्ता जुटाउन द सेन्चुरियन होटेल र नेक्सजेन म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । माेरङकाे विराटनगरमा रहेको द सेन्चुरियन होटेल र नेक्सजेन म्यानेजमेन्ट बीच पुँजी वृद्धि, लगानीकर्ता जुटाउने र होटल सञ्चालन सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौता बुधबार सेन्चुरी ग्रुप अफ कम्पनीको ज्ञानेश्वरस्थित कार्यालयमा भएको हो । सम्झौतापत्रमा सेन्चुरियन होटेलको तर्फबाट अध्यक्ष मोतिलाल दुगड र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका हुन ।

विराटनगर–धरान रोडस्थित सहरको केन्द्रविन्दुमा द सेन्चुरियन होटेलको १० तल्ले भवन निर्माण सम्पन्न भइसकेको छ । भवनमा व्यावसायिक प्रयोजनका पसलहरू, सभा सम्मेलन, विवाह व्रतबन्धका लागि बैंक्वेट हल समेत उपलब्ध हुनेछ । सोही भवनको चार तलादेखि माथि पाँच तारे स्तरको १४६ कोठाको र्‍याडिसन विराटनगर होटेल सञ्चालन हुनेछ ।

Dabur Nepal
NIC Asia

होटेल सञ्चालनको लागि अन्तर्राष्ट्रिय ब्राण्ड र्‍याडिसन होटेल ग्रुपसँग जुलाइ २०२२ मा सम्झौता भइसकेको छ । नेपालका उद्योगपति तथा पूर्व मन्त्री मोतिलाल दुगडको नेतृत्वमा सेन्चुरी ग्रुप अफ कम्पनीअन्तर्गत यो पाँच तारे होटेल सञ्चालन हुनेछ ।

होटेललाई पाँच तारे तथा अन्तर्राष्ट्रिय स्तरको बनाउन र अन्य थप आवश्यक निर्माण र साजसज्जाको लागि थप पुँजी आवश्यक पर्छ । सोही उद्देश्यको लागि कम्पनीको पुँजी वृद्धि गर्न, थप संस्थापक लगानीकर्ता ल्याउन तथा अन्य आवश्यक व्यवस्था गर्न नेक्सजेन म्यानेजमेन्टसँग सम्झौता गरिएको हो । साथै सोही सिलसिलामा कम्पनीको पुँजी वृद्धि गर्न र सर्वसाधारणलाई सेयर निष्कासनको प्रावधानसहित लिमिटेड कम्पनीमा परिणत गर्ने प्रक्रिया पनि अगाडि बढाइसकेको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. पूर्व बैंकरहरू समेतको लगानीमा स्थापित सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्शदाता कम्पनी हो । यसले ठुला, मझौलास्तरका उद्योग व्यवसायको स्थापना, सञ्चालन व्यवस्थापनमा परामर्श सेवा दिँदै आएको छ । यसले भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा नेपालमा विभिन्न उद्योग व्यवसायमा ६ अर्ब लगानी भित्र्याउने गरी कोरियन कम्पनी एम.ए.वि.सि. इन्भेष्टमेन्ट ग्रुपसँग सम्झौता गरिसकेको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro