site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मा मन्त्रालयको खर्च कटौती गर्नुपर्ने प्रस्ताव, कसले के भने ?
SkywellSkywell

काठमाडौं । सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौती गर्नुपर्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । “पदाधिकारीको बैठक भत्ता अलग छ, अन्य सुविधा छ । पदाधिकारीको अन्य भत्ता भनेर पुनः अर्को बुँदामा लेखिएको छ । यसमा पारदर्शिता चाहिन्छ,” उनले भने । 

KFC Island Ad
NIC Asia

यस्तै, सांसद अमरेशकुमार सिंहले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । 

सांसद प्रेम सुवालले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । राप्रपा सांसद बिना लामाले पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । 

Royal Enfield Island Ad

सांसद रुपा वि.क, ज्ञानबहादुर शाहीले पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । सांसद शान्ति वि.क. र रोशन कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरिन् । 

बिहीबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमाथिको विषयगत छलफल जारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro