site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आगलागीपीडितलाई राहत उपलब्ध गराउन सांसद यादवको माग 

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले तराईका विभिन्न जिल्लामा भएका आगलागीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद यादवले मधेशका महोत्तरी सप्तरी र सर्लाहीमा आगलागीका कारण २७७ घर परिवारमा क्षति पुगेको भन्दै तत्काल प्रभावित परिवारलाई राहत उपलब्ध गराउन माग गरेका हुन् । 

उनले आगलागीका कारण दुई करोडभन्दा बढीको क्षति भएको र प्रभावितको बस्ने ठाँउ समेत नरहेकाले सरकारले आवश्यक राहतका साथै अन्य व्यवस्था गर्नुपर्ने बताए । 

सांसद यादवले यस वर्ष मनसुनका कारण अन्य वर्षमा भन्दा धेरै क्षति हुनसक्ने आकलन गरिएको भन्दै सरकारको तयारीबारे जानकारी माग गरे । उनले मनसुनजन्य विपद्बाट देशभर ८४ लाख १२ हजार घरधुरी प्रभावित हुनसक्ने आकलन गरिएको अवस्थामा तयारी पनि त्यसैअनुरुप हुनुपर्ने जिकिर गरे । 
 

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १३:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro