site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सरकारको विपद् पूर्वतयारी सन्तोषजनक भएन : योगेश भट्टराई
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद एवं सचिव योगेश भट्टराईले सरकारको विपद् पूर्वतयारी सन्तोषजनक नरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

जलवायु परिवर्तनका कारण पूर्वानुमान नै गर्न नसक्ने गरी मौसम प्रतिकूल हुँदै जाने, त्यसको असर आममानिसमा परिरहेको उनले उल्लेख गरे । उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई बजेट नपुगेको बताए ।

प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्ट्याइएको र १५ करोड साधारण खर्च रहेको उनको भनाइ छ । प्राधिकरणले उक्त बजेटमा कुनै काम गर्न सक्ने अवस्था नरहेको उनले बताए । विपद् उद्धारका निम्ति दक्ष जनशक्ति र पर्याप्त साधनस्रोत पनि नरहेको सांसद भट्टराईले उल्लेख गरे ।

“...हामीसँग दक्ष जनशक्ति छैन । हामीसँग आधुनिक साधनहरू छैनन् । जसले समयमै उद्धार हुन सक्ने अवस्थामा पनि हामीले गर्न सकिरहेका छैनौँ । सरकारले गर्न सकिरहेको छैन,” उनले भने ।

भूकम्पबाहेक बाढीपहिरो, चट्याङजस्ता प्राकृतिक विपत्तिबाट हरेक वर्ष ५०० मानिसको मृत्यु हुने गरेको भन्दै उनले सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro