site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशको मुद्दा रेग्मी, सुवेदी र मुसलमानको इजलासमा : संविधान र अंकगणितको विवाद 

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धकोे रिट सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको छ । 

कोसीमा संकल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएको भन्दै एमाले, माओवादीसहितका दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमारलाई मुख्यमन्त्री नियुक्त गरे । 

नियुक्तिलगत्तै त्यसबेला बाहल रहेका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव देखाएर सरकार परिवर्तन भएको भन्दै रिट दायर गरेका थिए । अहिले अंकगणित हिक्मतका पक्षमा देखिएको छ भने केदार कार्कीलाई संविधानअनुसार पदमुक्त हुने प्रक्रिया नै पूरा गरिएको छैन ।

त्यसैले सर्वोच्चबाट आउने फैसलाले सरकार निर्माणका लागि अंकगणित पर्याप्त हुन्छ वा संवैधानिक प्रक्रिया अनिवार्य हुन्छ भन्ने  ब्याख्या गर्नेछ । यसबाहेक संविधानको धारा १६८(५) अनुसारको सरकार पटक–पटक परिवर्तन हुन सक्छ वा सक्दैन भन्ने ब्याख्या पनि सर्वोच्चले गर्नेछ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro