site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संघीयताले सर्वोच्चमा मुद्दाको भार घटाएन : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सबै मुद्दा सर्वोच्च अदालतमा आउने अवस्था आएको बताएका छन् ।

बुधबार बजेटको मन्त्रालयगत छलफलमा उनले संघीयतामा गएपछि पनि सबै मुद्दा सर्वोच्चमा थुप्रिएको बताए । “सबै मुद्दा सर्वोच्चमा ल्याउने हो त ? न्यायिक समितिमा उठेका कयौँ विषय पनि सर्वोच्चमा आउन थाले । त्यसकारण हामी राजनीतिक पार्टीमा छलफल चलाउन सकिन्छ । संविधानमा व्यवस्थित गर्ने हो भने गर्नुपर्ला । संघीयतामा गइसकेपछि हामीले उच्च अदालतलाई प्रभावशाली बनाउनुपर्छ । त्यसो नगर्ने हो भने मुद्दा सर्वोच्चमा थुप्रिदै गए,” उनले भने । 

त्यसले न्याय नपाएको अनुभूति नागरिकमा बढ्दै गएको उनको भनाइ छ । गम्भीर संवैधानिक प्रश्न भएका मुद्दा मात्रै सर्वोच्चमा आउने गरी सोच्नुपर्ने उनको भनाइ छ । उनले अदालतबाट भएको फैसलाको कार्यान्वयनको तथ्य डरलाग्दो भएको बताए ।

उनले पीडितले न्याय पाएको अनुभव गर्न वर्षौं कुनुपर्ने जटिलताको अन्त्य गर्नुपर्ने बताए । कानुनमन्त्रीलाई फैसला कार्यान्वयनको जिम्मेवारी सरकारले दिनुपर्ने बताए । फैसला कार्यान्वयनका लागि प्राधिकरण गठन गर्नुपर्ने प्रस्ताव राखे ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro