site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२१२१ विन्दुमा नेप्से, पाँच अर्ब ८९ करोड रुपैयाँको सेयर कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ६.३७ अंकले बढेर २१२१.६२ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबारको तुलनामा यस दिन नेप्से ०.३० प्रतिशतले वृद्धि भएको हो ।

आज पाँच अर्ब ८९ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । मंगलबार पाँच अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन ११९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११५ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । समृद्धि फाइनान्स र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य भने १० प्रतिशतले वृद्धि भएको छ । साधना लघुवित्त वित्तीय संस्था र ग्रीन लाइफ हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा होटेल तथा पर्यटन, हाइड्रोपावर, निर्जीवन बिमा र व्यापार समूह छन् । सर्वाधिक परिसूचक वृद्धि हुनेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक १.०७ प्रतिशतले वृद्धि भएको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro