site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
Argakhachi Cement Island Ad

खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । 

मंगलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको हो । 

मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् । रासस

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्