site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पाकिस्तानमा ट्यांकर र कार ठोक्किँदा ६ जनाको मृत्यु
प्रतीकात्मक तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । पाकिस्तानको पूर्वी पञ्जाव प्रान्तमा एउटा ग्यास ट्यांकर र कार ठोक्किँदा ६ जनाको मृत्यु भएको मोटरवे प्रहरीले जनाएको छ । 

दुर्घटना चकवल जिल्लामा भएको थियो । जहाँ दुवै सवारी एक आपसमा ठोक्किएर खाल्डोमा खसेको प्रहरीले जनाएको छ । ट्यांकरमा लागेको आगो छिट्टै निभाइएको थियो । 

ट्यांकरको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर सडकको बीचको पर्खालमा ठोक्किएपछि आउँदै गरेको कारसँग ठोक्किएको बताइएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्