site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
टिकटक खुलाइदिन ८ महिनामा ७ वटा पत्र, सरकार छैन तयार 

काठमाडौं । सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको टिकटक खुलाउने संकेत अझै गरेको छैन ।  यसबीच कम्पनीले भने प्रतिबन्ध हटाउन आग्रह गर्दै पटक–पटक सरकारलाई पत्राचार गरेको छ ।

पछिल्लो पटक प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्दै टिकटकको दक्षिण एसिया सार्वजनिक नीति तथा सरकार सम्बन्ध प्रमुख फिर्दोस मोत्ताकिनले पत्र पठाएका छन् । 

कम्पनीले गृहमन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पनि बोधार्थ पठाएको छ । प्रधानमन्त्रीका सूचना– प्रविधि (आईटी) विज्ञ प्रकाश रायमाझीले टिकटकमाथि लागेको प्रतिबन्ध खुलाउनेबारे कम्पनीसँग यसअघि छलफल भएको बताए । 

अहिले प्रतिबन्ध हटाउने तयारी भने नभएको उनको भनाइ छ । सञ्चार मन्त्रालयले पनि टिकटकमाथिको प्रतिबन्ध खुलाउनेबारे अहिले कुनै तयारी नरहेको जनाएको छ । सञ्चार मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्रकुमार ठाकुरले टिकटकले पछिल्लोपटक प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको र सञ्चार मन्त्रालयलाई पनि बोधार्थ गरेको बताए । 

टिकटकमाथिको प्रतिबन्ध खोल्ने÷नखोल्नेबारे सरकारले निर्णय गर्ने उनले बताए । सञ्चारमन्त्री रेखा शर्माको सचिवालयका अनुसार पनि टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे अहिले कुनै छलफल वा तयारी भएको छैन ।

यसअघि सरकारले टिकटकसँग विभिन्न शर्त राख्दै ती पूरा भएमा खुलाउने गरी तयारी भइरहेको जनाएको थियो ।  यसबीचमा टिकटकका प्रतिनिधि र सरकारी अधिकारीबीच छलफल पनि भएको थियो ।

टिकटकले अश्लील, हिंसा एवं सामाजिक सद्भाव भड्काउने  नेपाली भाषाका भिडियो, अडियो, तस्बिरलगायत सामग्री फिल्टर गर्ने प्रणाली बनाएमा प्रतिबन्ध खुलाउने आश्वासन सरकारको थियो । 

टिकटकले त्यसका लागि काम गरिरहेको बताएको थियो ।पछिल्लो समय भने कम्पनीलाई सरकारले कुनै प्रतिक्रिया दिएको छैन । टिकटकले पछिल्लो पटकको पत्रमा ‘यो प्रतिबन्धका कारण परेको नकारात्मक आर्थिक प्रभावलाई लिएर बढ्दै गएको नागरिकको आवाजबारे तपाईं ज्ञात हुनुहुन्छ,’ भन्ने उल्लेख गरेको छ ।

उदारवादी नीति, अभिव्यक्ति स्वतन्त्रतासहितको लोकतान्त्रिक नेपालमा टिकटक प्रतिबन्धित हुनुले वैश्विक लगानीकर्ता समुदायमा गलत सन्देश गइरहेको पत्रमा उल्लेख छ । त्यसैले टिकटकमाथिको प्रतिबन्ध हटाउन भनेर कम्पनीले पत्रमार्फत् आग्रह गरेको छ ।

सरकारले प्रतिबन्ध लगाएको केही दिनमै कम्पनीले गत वर्षको नोभेम्बरमा पहिलो पत्र पठाएको थियो । त्यसपछिका विभिन्न मितिमा गरी प्रतिबन्धको आठमहिनाको अवधिमा सातौं पटक पत्राचार गर्दा पनि नेपाल सरकारले राम्रोसँग समन्वय गर्न नखोजेको आरोप कम्पनीको छ ।

सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएपछि सन् २०२३ मा मात्रै झन्डै डेढ अर्ब घाटा भएको छ ।  टिकटकमाथिको प्रतिबन्धका कारण दूरसञ्चारक्षेत्रमा वार्षिक १ अर्ब ४४ करोड रुपैयाँ घाटा भएको निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनीको एनसेलको तथ्यांक छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro