site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुरक्षित कारोबार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभा बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित गरेको हो । 

त्यसअघि विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री पुनले विधेयकमाथि आएका संशोधनका आधारमा परिमार्जनसहित पेस गरिएको जानकारी दिए । प्रविधिको विकाससँगै दैनिक कारोबारलाई सुरक्षित बनाउनका लागि आवश्यक कानुन बनाउन खोजिएको उनले बताए । 

त्यस्तै, बैठकमा राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro