site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेप्से ३३.१५ अंकले बढ्यो, सबै समूहगत सूचकमा हरियाली
SkywellSkywell

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ । यस दिन नेप्से उच्च अंकले बढेसँग सबै परिसूचक हरियाली भएका छन् । गत सोमबारको तुलनामा नेप्से १.६९ प्रतिशतले वृद्धि भएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार पाँच अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

यसदिन २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । एसियन हाइड्रोपावर र दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

मंगलबार बरूण हाइड्रोपावर, ग्रीनभेन्चर, कुथेली बुखरी स्मल हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हाइड्रोपावर समूहको भएको छ । यो समूहको परिसूचक २.५८ प्रतिशतले वृद्धि भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro