site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ चरणको आर्थिक सुधार जरुरी : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार जरुरी रहेको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले आगामी आर्थिक वर्षको बजेटमा नयाँ चरणको आर्थिक सुधार गरेर छोड्ने प्रतिबद्धता जनाए । तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रूपले सबैले बुझ्ने गरी नीति स्पष्ट गर्ने बताए ।

उनले नयाँ चरणको आर्थिक सुधारका लागि राजनीतिक नेतृत्व स्पष्ट रहेको उल्लेख गरे । स्वदेशमै रोजगारको अवसर बनाउनसके अधिकांश नेपाली स्वदेशमै काम गर्ने वातावरण बन्ने बताए ।

"नयाँ चरणको एउटा आर्थिक सुधार जरुरी छ । त्यो बहस हुँदै आएको थियो । यस पटकको बजेटमा हामी नयाँ चरणको आर्थिक सुधार गर्छौं । तीन खम्बे अर्थनीति कस्तो हुन्छ ? त्यसका मोडल के हुन्छन् ? त्यो कसरी सँगै हिँड्छ ? त्यसमा निजी क्षेत्र कसरी लिडिङ रोलमा हुन्छ ? र कस्तो कस्तो खालको भुमिकामा रहन्छ ? भन्नेकुरा स्पष्ट रुपले सबैले बुझ्ने गरी हामी नीति स्पष्ट गर्नेछौँ । संविधानले त्यो दिशा निर्देश गरिसकेको छ । त्यो हामीले अहिले प्रस्ताव गरेको नयाँ चरणको आर्थिक सुधार गर्दै छौँ," उनले भने ।

मन्त्री पुनले सरकार फेरिने कुरा स्वभाविक भए पनि नीतिहरूको निरन्तरता हुन आवश्यक रहेको बताए । सरकारमा रहेका दल र विज्ञहरू राखेर मात्र नभइ उच्चस्तरीय आयोग बनाएर नीतिको निरन्तरताको लागि दृष्टिकोणमा प्रस्तुत गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro