site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
एप्पलका उत्पादनलाई आफ्नो कम्पनीमा प्रतिबन्ध लगाउने मस्कको धम्की 

काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले एप्पल र ओपन एआई बीचको साझेदारीमा असन्तुष्टि व्यक्त गरेका छन् । मस्कले आफ्नो कम्पनीमा एप्पलका उत्पादनहरू प्रयोगमा प्रतिबन्ध लगाउनेसम्मको धम्की मंगलबार सामाजिक सञ्जाल एक्समार्फत दिएका छन् । 

एप्पल र ओपन एआई बीचको साझेदारी सुरक्षा नियमहरूको उल्लंघन भएको आरोप लगाउँदै मस्कले यसलाई सहन र स्वीकार्न नसकिने बताएका छन् । 

मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “यदि एप्पलले आफ्नो अपरेटिङ सिस्टममा ओपन एआई ल्यायो भने मेरो कम्पनीहरूमा एप्पलका उत्पादनहरू प्रयोग हुने छैनन् । यो सुरक्षा नियमहरूको उल्लंघन हो ।”

एप्पलका सीईओ टिम कुकले सोमबार ओपन एआईसँग साझेदारीको घोषणा गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “एप्पल इन्टेलिजेन्स सुरु हुँदै छ र यो एआईको संसारमा एउटा ठूलो र महत्त्वपूर्ण कदम हुनेछ । यो पूर्णतया व्यक्तिगत हो र यसले तपाईंले हरेक दिन चलाउने एपहरूको प्रयोगलाई अझ बढी राम्रो बनाउनेछ ।” 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्