site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोटरसाइकल चोरीमा संलग्न १९ वर्षीय युवक पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । 

काठमाडौंको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले रसुवाको आमाछोदिङमो गाउँपालिका–३ गतलाङका १९ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको हो । उनी काठमाडौंमा कपुरधारामा बस्दै आएका थिए ।

वास्तविक नम्बर परिवर्तन गरी बा ८५ प ६० ६६  नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकलसहित तामाङलाई आज बिहान ट्राफिक प्रहरीले फेला पारेको थियो ।

नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

ग २१ प ५७ ७७ नम्बरको मोटरसाइकल काठमाडौंकै गंगबुबाट हराएको भनी ऋतिक थापाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा दिवेदन दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  २२:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro