देश
काठमाडौं । प्रहरीले धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।
एमालेका नेता महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन् । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो । उजुरी तामेलीमा राखिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ १६:०२
प्रतिक्रिया दिनुहोस्