
काठमाडौं । नेपालमा नयाँ प्रविधियुक्त ई१ ए सिरिजको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरिएको छ । नेपालका निम्ति आधिकारिक विक्रेता स्यामुकापु ट्रेडिङले ई१ ए सिरिजको स्कुटर भित्र्याएको हो ।
एड्भान्स टेक्नोलोजी, उच्च पफर्मेन्स र वातावरणमैत्री प्रविधियुक्त यो ई–स्कुटर नेपालका ग्राहकको पहिलो रोजाइ हुने कम्पनीको विश्वास छ ।
ई१ ई–स्कुटरले भारत, श्रीलंका, यूएई, मलेसिया र घानामा बजार विस्तार गरिसकेको कम्पनीले जनाएको छ । यो स्कुटर भारतको बेंगुलुरु आधारित कम्पनी बाउन्सले डिजाइन तथा उत्पादन गरेको हो ।
उच्च पफर्मेन्स मोटर र ब्याट्री अप्सन
ई१ ए सिरिजको यो स्कुटरमा रहेको ७२ भोल्टको मोटरले २,४०० देखि ३,००० वाट पावर दिने कम्पनीले जनाएको छ । यसकारण यो ई–स्कुटर सहरी आवतजावतका निम्ति निकै भरपर्दो छ ।
यो ई–स्कुटरमा ४० एएच र एडभेन्चर एस गरी दुई ब्याट्री अप्सन उपलब्ध छ । यसले एकपटकको फुल चार्जमा १०० देखि २०० किलोमिटर दूरीको रेन्ज दिन्छ ।
सुपरियर डिजाइन र बिल्ड
ई१ ए सिरिजको ई–स्कुटरको लम्बाइ १,८७० एमएम, चौडाइ ६६० एमएम, र लाइट १,१०० एमएम छ । स्कुटरमा दुवै अगाडि र पछाडिका चक्काहरू ट्युबलेस छन् ।
यसको ब्याट्री सिटमुनि रहेकाले तौल सन्तुलन राम्रो छ । त्यसले गर्दा ओभरअल राइड ब्यालेन्स्ड हुने कम्पनीले जनाएको छ ।
ई–स्कुटर गाढा हरियो, गाढा निलो, खरानी, फिक्का हरियो र सेतो, सुन्तला र सेतो, अनि रातो र स्पोर्टी खरानी कलरमा उपलब्ध छ ।
तीन राइडिङ मोड
ई१ ए सिरिजको स्कुुटरमा इको, ड्राइभिङ र स्पोर्ट्स गरी तीन राइड मोड छन् ।
एड्भान्स सुविधा, सुरक्षा र सेवा
ई१ ए सिरिजको डुअल डिस्क ब्रेकले सुरक्षित तरिकाबाट यो ई–स्कुटरलाई रोक्न मद्दत गर्छ । यो ई–स्कुटर २२ डिग्रीको उकालोमा पनि सजिलै उक्लन सक्छ ।
यस्तै, ई–स्कुटरले १५० किलो क्षमतासम्मको लोड पनि बोक्न सक्छ । यो सामान ढुवानीका निम्ति पनि उपयोगी हुने कम्पनीको जिकिर छ ।
फास्ट चार्ज र टिकाउ पफर्मेन्स
स्कुटरसँगै ७२ भोल्टको १० एमपीको चार्जर आउँछ । त्यसबाट तीनदेखि चार घण्टामा फुल चार्ज हुन्छ ।
कम्पनीका अनुसार, यो ई–स्कुटर अधिकतम ६५ किलोमिटर प्रतिघण्टाको स्पीडमा कुद्न सक्छ ।
चोरीको डर नहुने
स्कुटरमा ह्वील लक प्रविधिका साथ एन्टी थेफ्ट सिस्टम छ । त्यसले चोरी हुनबाट जोगाउने कम्पनीले जनाएको छ ।
वारेन्टी
वातावरणमैत्री र कम खर्चिलो रहेको स्कुटरमा १२ महिना वा १० हजार किलोमिटरको वारेन्टी छ ।
ब्याट्रीमा ३६ महिना वा ३५ हजार किलोमिटर र मोटरमा २४ महिना वा २० हजार किलोमिटरको वारेन्टी कम्पनीले उपलब्ध गराएको छ ।
मूल्य
भरपर्दो र आरामदायी राइड दिने ई१ ए सिरिजको ४० एएच ब्याट्री भेरियन्टको प्रतिमूल्य तीन लाख २० हजार ५०० रुपैयाँ कायम गरिएको छ ।
यो ई–स्कुटर कम्पनीका विराटनगर, वीरगन्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र बुटवलस्थित आधिकारिक शो रुमहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । फाइनान्स र एक्सचेन्जको सुविधा, ६ फ्री सर्भिसिङ र फ्री हेलमेट पनि उपलब्ध गराइनेछ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गर्दै ज्योति ग्रुपका अध्यक्ष रूप ज्योतिले स्यमुकापु पुरानो कम्पनीको नाम रहेको र यसको अर्थ सेतो टोपी भएको बताए । उनले यो तिब्बती भाषाको शब्द रहेको जानकारी गराए ।
नेपालमा सबैभन्दा पहिले मोटरसाइकल आयात गरिएको पनि यसै कम्पनीबाट भएको उनले बताए । सन् १९७० मा पढाइ सकाएर फर्किएपछि होन्डा मोटरसाइकल नेपालमा भित्र्याइएको उनले जानकारी गराए ।
उनले नेपालमा ई१ स्कुटर भित्र्याइएको भन्दै यो सफल हुने विश्वास व्यक्त गरे ।
ई१ का भारतीय प्रतिनिधि अमितले यो स्कुटर भारतका ८० सहरमा चलिरहेको बताए ।